arrow

संखुवासभामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
accident-final-1618290232.jpg

संखुवासभा । संखुवासभाको मादी नगरपालिका ६ मा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीले जानकारी दिए । 

बिहीबार बिहान साढे ७ बजे मादी– ६ को सातघुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा परेका तीन जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान खुल्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ