arrow

रुस–युक्रेन युद्धको बीसौं दिनः वार्ता असफल, युक्रेन थप ध्वस्त हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
putin-vlodomie-russia-ukraine-war.PNG

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गर्न थालेको आज बीसौं दिन हो । युक्रेनसँग शान्ति वार्ता चलिरहेको भए पनि अहिलेसम्म सफल हुन सकेको छैन । 

यसबीचमा रुसले निरन्तर आक्रमण गरिरहेको छ । बस्तीमै रुसले आक्रमण गरिरहेको छ । सोमबार रुस समर्थित विद्रोहीले कब्जा गरेको डोनेस्क शहरमा ब्याटेष्टिक मिसाइल आक्रमण हुँदा २० जनाको मृत्यु भएको छ । ३५ जना घाइते भएका छन् । 

न्यूयोर्क टाइम्सका अनुसार रुसले यो घटनाको आरोप युक्रेनमाथि लगाएको छ । तर कुनै प्रमाण पेश गरेको छैन । युक्रेनले भने आरोप नकार्दै रुसकै मिसाइल भएको र निशाना चुकेपछि आफूमाथि आरोप लगाएको स्पष्ट पारेको छ । 

यसैबीच युक्रेनी राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले बुधबार भिडियो कन्फ्रेन्समार्फत अमेरिकी संसदलाई सम्बोधन गर्ने भएका छन् । 

रुस र युक्रेनबीच आज पनि वार्ता हुने बताइएको छ । सोमबार भएको वार्तामा कुनै सहमति नभएपछि फेरि वार्ता हुन लागेको हो । सोमबारको वार्तामा ‘टेक्निकल पज’ भएको भन्दै आज हुन लागेको हो । अहिलेसम्मका वार्ता सफल हुन सकेका छैनन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ