arrow

चीनमा विमान दुर्घटना : ब्ल्याक बक्सको खोजी हुँदै

logo
सिन्ह्वा,
प्रकाशित २०७८ चैत ८ मंगलबार
china-eastern-boeing.jpeg

नानिङ, चीन ।  दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धार कार्य जारी रहेको छ । उद्धार कार्यमा २ हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ ।

दुर्घटनास्थल पहाडी जङ्गलमा रहेको हुनाले ब्ल्याक बक्सको खोजी कार्य ड्रोन र उद्धारकर्मी दुवैमा निर्भर रहेको  जनाइएको छ ।दक्षिण चीनको ग्वाङडोङ प्रान्तको राजधानी ग्वाङ्झाउमा रहेको ड्रोन उद्धार केन्द्र र विमानको गन्तव्यसमेत रहेका उद्धारकर्ता झू सियाओडोङले उक्त स्थानमा पुग्ने केही बाटोहरू मात्र भएकाले उद्धार कार्य गर्न कठिन भएको बताएका छन् । 

मंगलबार बिहान साढे ७ बजे उद्धारस्थलमा हल्का वर्षा भएको थियो । स्थानीय मौसम विभागले मंगलबारदेखि बिहीबारसम्म यस क्षेत्रमा थप वर्षा हुने अनुमान गरिएको छ ।  यसैकारण खोजी कार्यमा प्रतिकूल असर पार्न  सक्ने बताइएको छ  ।  
 
कुनमिङबाट गुआन्झाउका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान सोमबार दिउँसो २:३८ बजे वुझाउ सहरको टेङ्क्सियान काउन्टीको मोलाङ गाउँनजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ