arrow

चिनियाँ विदेश मन्त्रीसँग ओली र प्रचण्डले पालैपालो भेट्दै, वाङ आजै फर्किने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
wang-yi-chinese-foreign-minister.jpeg
तस्बिर– फाइल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दैछन् । ओलीले बिहान ११ः१० बजे विदेशमन्त्री यीसँग होटल मेरियटमा भेटवार्ता गर्ने भएका हुन् । 

ओलीले नेपाल–चीन द्विपक्षीय हितबारे छलफल गर्ने भएका हुन् । त्यसैगरी चीनको इच्छा कम्युनिष्ट ठूला दलहरु एक जुट भएको देख्ने रहेकामा ओलीलाई आगामी चुनावमा मिलेर जानका लागि वाङले आग्रह गर्नेसमेत बुझिएको छ । ओलीसँगको छलफलपछि वाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने भएका छन् । 

भेटवार्ता बिहान ११ः४५ बजे हुँदैछ । उनले पनि नेपाल–चीन द्विपक्षीय हितसँगै बीआरआईबारे छलफल गर्नेछन् । साथै एमाले र माओवादीको एकताको कुरा पनि उठ्ने छ । 

शुक्रबार साँझ नेपाल आइपुगेका वाङ आजै स्वदेश फर्किने छन् । उनले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिसकेका छन् । 

नेपाल र चीनबीच नौ वटा समझदारी भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ