arrow

यस्ता ठाउँमा कहिल्यै बसाउनु हुँदैन घर

logo
चाणक्य नीति,
प्रकाशित २०७८ चैत १६ बुधबार
chanakya43.jpg

काठमाडौं । आचार्य चाणक्यका अनुसार जुन देशमा इज्जत छैन, जहाँ जीविकोपार्जनको साधन छैन, जहाँ बन्धु, नातागोता, आफन्त छैनन् र कुनै पनि प्रकारको ज्ञान र गुणको प्राप्तिको सम्भावना छैन त्यहाँ बस्नुहुँदैन । यस्तो देश छोड्नुपर्छ । 

वास्तवमा मानिस कुनै देश वा अन्य ठाउँमा उसले केही नयाँ, शिक्षा, रोजगारी र नयाँ गुणहरू सिक्न जान्छ। तर यी मध्ये कुनै पनि कुराको सम्भावना नभएको देश वा ठाउँमा जानुको कुनै औचित्य हुँदैन।

चाणक्य नीति अनुसार जहाँ वेद जान्ने ब्राह्मण, धनी, राजा, नदी, र वैद्य छैन । त्यस स्थानमा मानिसले एक दिन पनि बस्नु हुँदैन।

चाणक्य नीति भन्छ, जहाँ जीविकोपार्जनका साधन छैन, व्यवसाय आदिको विकास हुँदैन, कुनै सजायको डर हुँदैन, लाज हुँदैन, व्यक्तिमा सदाचार, उदारता हुँदैन, अर्थात् उसमा दान दिने प्रवृत्ति छैन, त्यहाँ एक क्षण पनि बस्नु हुँदैन।

चाणक्य नीतिका अनुसार दान गर्ने भावना नभएको ठाउँमा मानिसहरू बस्नु हुँदैन, किनभने दान गर्दा पुण्य मात्र मिल्दैन, अन्तरात्मा पनि पवित्र हुन्छ।

आचार्य चाणक्य भन्छन् व्यक्ति त्यस स्थानमा बस्नुपर्छ जहाँ व्यक्ति आफ्नो स्वार्थका लागि कानून नतोडेर अरूको हितको लागि काम र समाजसेवा गर्छन् । जहाँ मानिसहरू मिलेर बस्छन् । मानिसले यस्तो ठाउँमा बस्नुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ