arrow

३८ वर्षे बिरामीको मृत्यु भएपछि आफन्तबाट अस्पतालमा तोडफोड   

logo
सुनील आउजी, 
प्रकाशित २०७८ चैत १९ शनिबार
padma-hospital.jpg

अत्तरिया । अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् ।  शुक्रबार साँझ उपचारका लागि आएका बिरामीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयहरुले तोडफोड गरेका हुन् । 

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक  नवराज पोखरेलका अनुसार गोदावरी नगरपालिका ३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएको हो । बिरामीको उपचारमा अस्पतालले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेको पोखरेलले बताए । 

मृतकका आफन्तले ढुंगा मुडा प्रहार गर्दा अस्पतालको अगाडीको शिशा फुटेको छ भने अस्पताल परिसरमा तनावग्रस्त स्थिति सृजना भएको छ ।  मृतकका आफन्तहरुले अस्पतालको एम्बुलेन्ससमेत तोडफोड गरेका छन् । बिरामीको मृत्युको कारण भने खुल्न सकेको छैन । 

अस्पतालमा तनावग्रस्त स्थिति सिर्जना भएपछि प्रहरीले भीड तितरवितर गर्न अश्रु ग्याससमेत प्रहार गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ