arrow

कपिलवस्तुको महाराजगञ्जमा १५ बेडको सुविधा सम्पन्न अस्पताल 

logo
मणिप्रसाद गैेह्रे,
प्रकाशित २०७८ चैत २६ शनिबार
277854327_386308116444520_5113360716128492250_n (1).jpg

कपिलवस्तु । महाराजगञ्ज नगरपालिका १ मा १५ बेडको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । महाराजगञ्ज नगरपालिकामा आधारभूत तहको सुविधा सम्पन्न अस्पतालको नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्य नगर प्रमुख अब्दुल कलाम र उपप्रमुख सुभावपी कुर्मीले जगमा ईटा हालेर भवनको शिलान्यास गरेका हुन् । 

सो अवसरमा महामन्त्री आचार्यले स्वास्थ्य क्षेत्रमा पछि परेको महाराजगञ्ज नगरपालिकामा अस्पताल निर्माणले स्थानीय जनताले यहीबाट उपचार सुविधा पाउने बताए । उनले विकासमा निकै पछि परेको  महाराजगञ्जमा अस्पताल निर्माण भएपछि नगरका जनताले धेरै राहत पाउने बताए । 

‘अस्पताल बनेपछि अब सामान्य उपचारका लागि भारत र बुटवल, तौलिहवा जाने बाध्यता हट्नेछ ’ उनले भने । पछिल्लो ५ वर्षको अवधिमा महाराजगञ्जमा धेरै विकासका कामहरु भएको उनले बताए । 

महराजगञ्ज नगरपालिका वडा नम्बर १ प्राथमिक स्वास्थ्य चौकीको उत्तरतर्फ एक बिघा बढी क्षेत्र रहेको जग्गामा सुविधा सम्पन्न अस्पताल निर्माणको कार्य विधिवत रुपमा अघि बढको महाराजगञ्जका प्रमुख  अब्दुल कलामले  बताए ।

‘अस्पताल निर्माणको कार्य अघि बढिसकेको छ, ठेकेदार कम्पनीलाई समयमै काम गर्न निर्देशन दिएका छौं’ उनले भने । निर्माण हुने अस्पतालमा आधारभूत तहको स्वास्थ्य सेवा उपलब्ध हुने उनले बताए । जनरल फिजिसियन, प्रसुति, ल्याब, फार्मेसी, डेन्टल आखा लगायतका आधारभूत सेवा अस्पतालमा उपलब्ध हुने उनले बताए । 

अस्पताल निर्माण भएपछि महराजगञ्जले स्वास्थ्य सेवामा फड्को मार्ने उनले बताए । सामान्य उपचारका लागिसमेत जिल्लाको कपिलवस्तु नगरपालिका र छिमेकी जिल्ला रुपन्देही र भारत जानु पर्ने बाध्यता अस्पताल निर्माण भएपछि हट्ने कलामले बताए । उनले नगरबासीको स्वास्थ्य सेवा आफ्नो पालिकाको पहिलो प्राथमिकता रहेको बताए । 

उनले पालिकामा रहेको ११ वटै वडामा बर्थिङ सेन्टर निर्माण गर्ने र ११ वटै वडामा भवन निर्माण गर्ने योजनामध्ये धैरै स्थानमा निर्माण र संचालनमा आएको बताए ।  

११ मध्ये ६ वटा वडामा बर्थिङ सेन्टर संचालन भइसकेको उनले बताए । बाँकी ४ स्वास्थ्य चौकीमा समेत बर्थिङ सेन्टर चाँडै बनाइने योजना उनले बताए । यस्तै वडा नम्बर ४, ५ र ११ मा अधुरो स्वास्थ्य चौकी भवनसमेत चाँडै निर्माण गरिने उनले बताए । 

प्राथमिक उपचार सेवा केन्द्रमा एक्सरेको सेवा, ४ वटा ल्याबलगायत भौतिक पुर्वाधारको सेवासमेत विस्तार गरिएका छन । 

प्रमुख प्रशाकीय अधिकृत रबिन्द्र चौधरीले नगरकै गौरबको योजनाका रुपमा रहेको अस्पताल निर्माणको काम अघि बढेको बताए । 

यसले नगर क्षेत्रको आधारभुत सेवाकारुपमा स्वाथ्य क्षेत्रले फाडको मार्ने बताए । 

२८ करोडको ठेक्का आह्वान गरिएकामा टेन्डर प्रकृयामा कुमार रोयल जेबीलोई १५ करोड ४६ लाखमा भवन निर्माणको ठेक्का परेको नगरपालिकाले जनाएको छ । 

उनले लिफ्ट सिस्टममा आपांगता मैत्री, ३ तले र २९ कोठे भवन १२ सय स्क्वायर फिटमा भवन बन्नेछ । आगामी अप्रिल २०२४ मा भवन निर्माणका कार्य सम्पन्न हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ