arrow

बेंगलोरलाई हराउँदा चेन्नइको पहिलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३० बुधबार
CSK-RCB-ipl2022.jpg

काठमाडौँ। रोयल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ।

२१७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १९३ रन बनाउन सक्यो। बेंगलोरका शहबाज अहमदले  सर्वाधिक ४१ रन बनाए। सुयश प्रभुदेशाईंले ३४ रनको योगदान गरे।

बेंगलोरलाई सस्तैमा समेट्न चेन्नईका स्पिनर महेश थिक्सनाले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। रवीन्द्र जडेजाले तीन विकेट हात पारे।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१६ रनको विशाल योगफल तयार पारेको थियो। चेन्नईका रोबिन उथप्पाले आक्रामक ब्याटिङ गर्दै ८८ रन बनाए। ब्याटर शिवम दुबेले समेत आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ९५ रन बनाए।

बेंगलोरका वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ