arrow

एमालेभित्र चरम स्वार्थ र व्यक्ति केन्द्रीत राजनीति भएको भन्दै थकाली कांग्रेसमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
Screenshot 2022-04-19 183545.jpg

मुस्ताङ । नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य जमुना थकाली नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । मुस्ताङकी थकालीसहित एमालेका दुई दर्जन नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको मुस्ताङ कांग्रेसले जनाएको छ ।

तथा वन उपभोत्ता महासंघकी केन्द्रीय सदस्यसमेत रहेकी थकालीसहित एमाले नेता तथा कार्यकर्तालाई कांग्रेस नेता तथा पूर्व मन्त्री रोमी गौचन थकालीले स्वागत गरेका हुन् । 

सो कार्यक्रममा बोल्दै गौचनले कांग्रेसले जिल्लाको समग्र विकासमा टेवा पुर्याउँदै आएको भन्दै कांग्रेसप्रतिको आकर्षणले आगामी दिनमा जिल्लामा पार्टीको प्रभाव थप मजवुत हुने विश्वास व्यक्त गरे । 

पार्टी प्रवेश गर्नेहरुको तर्फबाट बोल्दै थकालीले आफू ३० वर्षसम्म एमालेमा आवद्ध रहेको भन्दै पार्टी परिवर्तन गर्नु गाह्रो भए पनि एमालेभित्र देखिएको चरम स्वार्थ र व्यक्ति केन्द्रीत राजनीतिले आफू उक्त ठाउँमा बस्न नसकेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ