arrow

पुनः प्रिमियर लिगमा फर्कियो फुल्हम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
fulham-2022.jpg

काठमाडौं । फुल्हम पुनः इङ्गलिश प्रिमियर लिगमा बढुवा हुन सफल भएको छ । प्रिमियर लिगको अघिल्लो सिजनमा रेलिगेशनमा परेको फुल्हम पुनः प्रिमियर लिगमा चढ्न सफल भएको हो । 

च्याम्पियनशिप फुटबलको खेलमा प्रिस्टन नर्थ इन्डलाई ३–० ले हराउँदै शीर्ष स्थानको फुल्हमको प्रिमियर लिगमा बढुवा भएको छ ।

फुल्हमलाई जित दिलाउन एलेक्सान्डर मिट्रोभिचले दुई गोल गरे । फाबियो कार्भाल्होले एक गोल गरे । जितसँगै फुलहमले ४२ खेलमा ८६ अंक जोडेर शीर्ष स्थानमा छ । 

दोस्रो स्थानको एएफसी बर्नमाउथको ७७ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ