arrow

सिटी प्रिमियर लिगको शीर्ष स्थानमा, को कहाँ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
FQ0MnrpXwAUPQK3.jpg

काठमाडौं । म्यानचेस्टर सिटी इङ्गलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुग्न सफल भएको छ । बुधबार राति घरेलु मैदान इत्तेहादमा भएको खेलमा सिटीले ब्राइटनलाई ३–० गोल अन्तरले हरायो । 

सिटीको जितमा रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले १–१ गोल गरे । घरेलु मैदानमा सिटीले तीनै गोल दोस्रो हाफमा गरेको थियो । 

जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भएको छ । सामान खेलबाटै ७६ अंकको लिभरपुल दोस्रो स्थानमा झरेको छ । 

अघिल्लो रात म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो । 

बुधबार रातिका अन्य खेलमा एभर्टनले लेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको छ । न्यूकासल युनाइटेडले क्रिष्टल प्यालेसलाई १–० ले हराएको छ ।

चेल्सी भने घरेलु मैदानमा पराजित भएको छ । चेल्सीलाई आर्सनलले ४–२ ले हराएको हो । 

अंक तालिकामा ६२ अंकसहित चेल्सी तेस्रो, ५७ अंकबाट टोटनह्याम हट्सपर चौथो, ५७ अंकबाटै आर्सचल पाँचौं तथा ५४ अंकबाट म्यानचेस्टर युनाइटेड छैटौं स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ