arrow

इमानपूर्वक तालमेलको पालना गर्न विश्वप्रकाशको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
bishwaprakash-223424244.jpg

तिलोत्तमा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहमा पाँच दलबीच भएको तालमेललाई इमानपूर्वक पालना गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस कमजोर भएर गठबन्धन नगरेको बताउँदै उनले संविधान रक्षाको लागि गठबन्धन भएकोले तालमेलबाट उम्मेदवार बनेका सबैलाई मतदान गर्न आग्रह गरेका हुन् । 

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र माआवादी केन्द्र मिलेर बनेको गठबन्धनको नगर स्तरीय संयुक्त आमसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले आ–आफ्नो दलको प्रचारमा हिँडेका कार्यकर्ताले अन्य दलमा मतदान गर्न मनले नमाने पनि एक दिन चित्त बुझाएर तालमेल गरेका उम्मेदवारलाईं जिताउन आग्रह गरे । 


उनले भने, ‘नेपाली कांग्रेसको प्रचारमा हिँडेका कार्यकर्तालाई माओवादीलाई भोट माग्दा अप्ठेरो महसुस हुन्छ, तर पनि संविधानको रक्षाको लागि एकदिन मन थामेर तालमेलका उम्मेदवारलाई मतदान गर्नुहोस् ।’

उनले तालमेल भनेको विविधतामा  एकता रहेको उल्लेख गर्दै जीवन विविधताकै कारणले चल्ने उल्लेख गरे । उनले भने, ‘जीवन भनेको विविधताकै कारणले चल्छ, चिन्दै नचिनेकोसँग बिहे भएर जीवन बित्छ, यहाँ त सँगै सहकार्य गर्ने साथीलाई मतदान गर्ने कुरा छ, ढुक्कले गर्नुहोस् ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणा पत्रको धज्जी उडाएको बताउँदै अहिलेको समयमा कांग्रेस र एमालेको दुवैको घोषणापत्र पढेर विवेक पुर्याएर मतदान गर्न उनको आग्रह छ । 

उनले भने, ‘केपी ओलीले कांग्रेसको घोषणापत्रको धज्जी उडाउनुभयो, एमालेको घोषणापत्रमा भ्यु टावर छ, हाम्रोमा जनता । युवा पुस्ताले भ्यु टावर हेर्ने हो वा जनताका मन बुझ्ने कार्यक्रम राख्ने हो । सबैले पढ्नुस् र विवेक पुर्याउनुहोस् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ