arrow

प्रिमियर लिगको उपाधि भिडन्त रोचक, लिभरपुलको होड कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
liverpool-premier-league-2022.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलको उपाधि भिडन्त रोचक बनेको छ । उपाधि होडमा म्यानचेस्टर सिटी र लिभरपुल रहेका छन् । लिभरपुलले पछ्याइरहेको छ । एक खेलको जित हारले उपाधि एकबाट अर्कोमा सर्ने सम्भावना छ । 

मंगलबार रातिको खेलमा लिभरपुल विजयी भएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–१ गोल अन्तरले हराएको हो । एस्टनको मैदानमा लिभरपुलले शुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

खेलको तेस्रो मिनेटमा डुग्लास लुइजले गोल गर्दै एस्टनलाई शुरुआती अग्रता दिलाएका थिए । तर छैटौं मिनेटमा जोएल माटिपले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए । यस जितसँगै लिभरपुलले उपाधि होड कायम राखेको छ ।

लिभरपुलले ३६ खेलमा ८६ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको पनि ३६ अंक नै छ । उसले एक खेल कम खेलेको छ । 

यसपालि मैदानको खेलमात्र नभएर प्रचार प्रोपोगन्डा पनि फैलाइएको छ । जसमा मनोबल उच्च पार्ने र कमजोर बनाउने खेल भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ