- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गोरखा । मौनअवधि जारी रहँदा पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालमा संघीय परिषदका अध्यक्ष डा. बाबुरा भट्टराई भने मत माग्न व्यस्त रहेका छन् ।
उनी गृहनगर पालुङटार नगरपालिकाको वडा नम्बर १ को खुर्पाजुङ भन्ने ठाउँमा मत माग्दै हिँडेका हुन् । यो तस्बिर बिहान करिब ११ बजे लिइएको हो ।
डा भट्टराईले पाँच घण्टा अगाडि मात्रै ‘मौनअवधिको बेला आफ्नै गाउॅ खुर्पाजुंग थुमबाट ऐतिहासिक लिललिगकोटको मौन अवलोकन गर्दै !’ ट्वीटरमा स्टाटस लेखेर तस्बिरसमेत राखेका छन् ।
पालुङटारमा डा भट्टराईको गतिविधि विरुद्ध नेपाली कांग्रेस लगायतका दलले उजुरी दिइसकेका छन् । तर उक्त उजुरी निर्वाचन आयोगको कार्यालय कान्तिपथमा भने अझै नपठाइएको भनी जानकारी आएको पालुङटारका नेपाली कांग्रेस नगरसमिति सचिव किरण गिरीले जानकारी दिए ।
उनले भने, ‘हामीले उजुरी हाल्ने तर उहाँहरुलाई कारबाही नगर्ने हो भने यसको औचित्य के रह्यो ?’
मौनअवधि, के गर्न पाइँदैन ?