arrow

प्रिमियर लिगको उपाधि नजिक म्यानचेस्टर सिटी, तनावमा लिभरपुल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
mancity-win-24r244.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको छ । सिटीले बुधबार रातिको खेलमा उल्भरह्याम्पटन वान्डेरर्सलाई ५–१ ले हराएसँगै उपाधि जित नजिक पुगेको हो । 

दोस्रो स्थानको लिभरपुलभन्दा स्पष्ट तीन अंकको अग्रता बनाएसँगै अब सिटीलाई केबल खेलको प्रतिक्षामात्र बाँकी रहेजस्तो देखिन्छ । योसँगै लिभरपुल दबाबमा आएको छ । बुधबार राति केभिन डी ब्रुनेको चार गोलप्रेरित म्यानचेस्टर सिटीले उल्भ्सलाई निराश पारेको हो । 

लिभरपुलले मंगलबार एस्टन भिल्लामाथि पुनरागमन जितमा शीर्ष स्थानको सिटीसँग अंक बराबरी गरेको थियो । चोटका कारण सिटी रुबेन डायस, जोन स्टोन्स र काइल वाल्करविनै मैदान उत्रिएको थियो ।

सातौं मिनेटमा डी ब्रुनेको गोलमा सिटीले अग्रता लिएको थियो । ११औं मिनेटमा डेनडक्करले उल्भरहमटनलाई खेलमा फर्काए । त्यसको पाँच मिनेटपछि नै ब्रुनेको गोलमा सिटीले पुनः अग्रता लियो । 

२४औं मिनेटमा ब्रुनेले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ३–१ मा पुर्याएका  थिए । ६०औं मिनेटमा ब्रुनेले व्यत्तिगत चौथो गोल पूरा गर्दा सिटी सहज जिततर्फ अघि बढेको थियो  । खेल सकिन ६ मिनेट बाँकी रहँदा रहिम स्टर्लिङको गोलमा सिटीको फराकिलो जित पक्का गरेका थिए ।

सिटी ३६ खेलमा ८९ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको लिभरपुल भन्दा तीन अंक बढी हो । उपाधि रक्षाको लक्ष्यमा रहेको सिटीले अन्तिम दुई खेलमा क्रमशः वेस्ट हम युनाइटेड र एस्टन भिल्लाको सामना गर्नेछ । 

अन्तिम दुई खेलमा चार अंक मात्र जोडे पनि पेप ग्वार्डिओलाको टोलीको उपाधि रक्षा लक्ष्यले पूर्णता पाउनेछ ।

वाट्फोर्ड र नर्विच सिटी रेलिगेशनमा परेका छन् । एक टिमको छिनोफानो हुन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ