काँग्रेस पहिलो पार्टी बन्नेमा सन्देह रहेन : महामन्त्री थापा
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
641
Shares
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनबाट काँग्रेस पहिलो हुने दाबी गरेका छन्। मतदानपछि उनले काँग्रेस पहिलो पार्टी हुनेमा सन्देह नभएको बताए।
‘अघिल्लो निर्वाचनमा थोरै मतले हामी दोस्रो भयौँ। मतको हिसाबले १०/१२ हजारले पछि थियौँ। तर, यस पटक पहिलो बन्नेमा सन्देह रहेन’, थापाले काठमाडौँमा पत्रकारहरूसँग भने। उनले कतिपय जिल्लामा गठबन्धनमा समस्या भएको पनि बताएका छन्।