arrow

इङ्गलिश प्रिमियर लिगको उपाधि छिनोफानो आइतबार, सिटी र लिभरपुलमध्ये एक विजेता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
liverpool-2022-23.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो आइतबार हुने भएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले पुनरागमन जित निकालेपछि उपाधिको दाबेदारी कायम राखेको हो । 

लिभरपुलले साउथह्याम्पटनलाई २–१ गोल अन्तरले हरायो । लिभरपुललाई जित दिलाउन ताकुमी मिनामिनो र जोएल माटिपले एक एक गोल गरे ।

खेलको १३ औं मिनेटमा नाथन रेडमोन्डले गोल गर्दै साउथह्याम्पटनलाई शुरुआती अग्रता दिलाएका थिए । तर २७ औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काए ।

६७ औं मिनेटमा माटिपले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए ।

लिभरपुलले ३७ खेलमा ८९ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ९० अंक रहेको छ । अब उपाधि छिनोफानो आइतबार नै हुनेछ । आइतबारको खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लासँग खेल्दैछ । त्यस्तै लिभरपुलले वुल्भरह्याम्पटन वान्डेरर्ससँग खेल्दैछ । 

दुवै टिमले घरेलु मैदानमा खेल्नेछन् । उपाधिका लागि लिभरपुललाई कम्तीमा जित्नैपर्छ । त्यतिले पनि पुग्नेछैन । यति म्यानचेस्टर सिटी विजयी भयो भने लिभरपुलले जितले पनि उपाधि पाउने छैन । 

तर लिभरपुलको हारले भने म्यानचेस्टरले हार्दा पनि फरक पर्ने छैन । चेल्सी तेस्रो स्थानमा छ । अन्तिम खेल हार्दा पनि चेल्सी च्याम्पियन्स लिगमा छानिएको छ । 

चेल्सीले अझै दुई खेल खेल्न बाँकी छ । ७० अंक छ । एक एक खेल खेल्न बाँँकी रहेको टोटनह्यामको ६८ तथा आर्सनलको ६६ अंक छ । एभर्टन, लिड्स र बर्नलीमध्ये एक टिम रेलिगेशनमा पर्नेछ । वाटफोर्ड र नर्विच सिटी रेलिगेशनमा परिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ