arrow

एभर्टन रेलिगेशनबाट जोगिदा चेल्सीको तेस्रो स्थान पक्का, उपाधि र चौथो स्थानको टुङ्गो आइतबार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
everton-fans.jpg
तस्बिर– रेलिगेशनबाट जोगिएसँगै खुशी मनाउँदै एभर्टनका समर्थकहरु ।

काठमाडौं । इङ्गलिश प्रिमियर लिगको यो सिजन आइतबार सकिँदैछ । आइतबार ३८ औं चरणका सबै १० खेल हुँदैछन् । यही खेलबाटै उपाधि छिनोफानो र चौथो स्थानको टुङ्गो लाग्नेछ । उपाधि भिडन्तमा म्यानचेस्टर सिटी र लिभरपुल छन् । 

त्यस्तै चौथो स्थानका लागि टोटनह्याम हट्सपर र आर्सनल रहेका छन् । चेल्सी भने तेस्रो स्थान सुरक्षित गर्न सफल भएको छ । बिहीवार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेसँगै तेस्रो स्थान सुरक्षित गरेको हो ।  

घरेलु मैदान स्टामफोर्ड ब्रीजमा चेल्सीले पुनरागमन गरेको हो । लेस्टरका जेम्स म्याडिसानले गोल गर्दै छैटौं मिनेटमा अग्रता लिए । चेल्सीका मार्कोस एलोन्सोले गोल गर्दै ३४औं मिनेट  खेल १-१ को स्थितिमा ल्याए । 

यता, एभर्टन रेलिगेशनबाट बचेको छ । क्रिष्टल प्यालेससंग २–० ले पछि परेको स्थिति उल्टाउँदै ३–२ को जित निकालेर एक खेक बाँकी रहदै एभर्टनले इङ्गलिश प्रिमियर लिगमा रहने पक्का भएको हो । 

६८ वर्ष लामो इङ्गलिश प्रिमियर लिग फुटबलको इतिहास बोकेको एभर्टन बिहीबार राति क्रिस्टल प्यालेसलाई हराउँदै रेलिगेशनबाट बचेको छ । जेयान र जोर्डनको गोलसंगै भ्रमणकारी टोली प्यालेस पहिलो हाफमा २–० ले अग्रता लियो । 

तर दोस्रो हाफमा माइकल केइन, रिचार्लिसन र कार्भाटको गोलमा एभर्टनले पुनरागमन गर्यो । 

अन्तिम खेलको नतिजाबाट बर्नली र लिड्स युनाइटेडमध्ये एक टिम रेलिगेशनमा पर्नेछ । दुवै टिमको समान ३५ अंक छ । 

वाटफोर्ड र नर्विच सिटी रेलिगेशनमा परिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ