arrow

वडाध्यक्ष बलुको पहिलो निर्णय: डुवान क्षेत्रलाई निकास दिने

logo
नारायण वली,
प्रकाशित २०७९ जेठ १० मंगलबार
20220524_083632.png

रुपन्देही । नेपाली राजनितिमा पुरानै दोहोरिएर नेतृत्व लिने र युवाहरुलाई परिचालन गर्ने परम्परा अझै पनि कायमै भए पनि बुटवल उपमहानगरपालिका वडा १० को नेतृत्व भने यसपालि युवाले पाएका छन् ।  

वडा १० को नेतृत्व सम्हालेका व्यक्ति हुन् बलु पुन । उनी नेकपा एमालेका युवा नेता हुन् । वडाध्यक्षमा निर्वाचित भएपछि सोमबार एक कार्यक्रमको आयोजना गरी पदभार ग्रहण गर्दै वडाबासीहरुमाझ सबैभन्दा पहिले हरेक वर्ष ढल निकास नभएकाले डुवानमा पर्ने रामनगर क्षेत्रलाई निकास दिने काम गर्ने बताए । साथै उनले मंगलबारदेखि नै काम थालनी गर्न नवनिर्वाचित वडासदस्य एमुना काउचालाई निर्देशन दिइसकेको जनाए । 

कार्यक्रममा बोल्दै नवनिर्वाचित वडाध्यक्ष पुनले आफू पहिले वडा सदस्य भएका बेला निवर्तमान वडाध्यक्ष पदम थापाको नेतृत्वमा वडाका निकै जटिल लगायत ८० प्रतिशत काम गरिसकेको र अब बाँकी २० प्रतिशत पुराना र घोषणापत्रमा उल्लेख गरिएका नयाँ योजनाका कामहरु पाँच वर्षभित्रै गर्ने गरी कामलाई तिव्रता दिने प्रतिबद्धता गरे ।

उनले भने, ‘वडाबासी कोही कसैलाई अप्ठ्यारो परेमा मलाई सिधै फोन गर्नुहोला । म दिनरात जतिबेला भए पनि उपस्थित हुनेछु । तपाईहरुको सेवक बन्न आएको हुँ । तपाईहरुको साथ, सहयोग र टिप्पणी मेरा लागि मार्गदर्शक हुन् । सुझाव दिनुहोला ।’

कार्यक्रममा निवर्तमान वडाध्यक्ष पदम थापाले आफू २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष भएर आउँदा वडाको भवनसमेत नभएको र अन्य भौतिक पूर्वाधारसमेत नभएको अवस्थालाई पाँच वर्षे कार्यकालमा निकै कठोर निर्णयका साथ काम गरेको स्मरण सुनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ