- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह र उपप्रमुखमा नेकपा एमालेकी सुनिता डङ्गोल विजय भएका छन् । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै संघीय राजधानी काठमाडौंको महानगर प्रमुख निर्वाचित भएका हुन् ।
साहले ६१ हजार ७६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार ३४१ मत प्राप्त गरिन् । एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरी तेस्रो स्थानमा सीमित भए ।
कामपाको उपप्रमुखमा एमालेकी उम्मेदवार डङ्गोलले निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठलाई ४४ हजार ८०६ को भारी मतान्तारले पछि पार्दै विजय भएकी हुन् । नव निर्वाचित डङ्गोलले ६८ हजार ६१२ मत प्राप्त गर्दा श्रेष्ठ २३ हजार ८०६ मतमा सीमित भए ।
कामपाको प्रमुख पदका लागि विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जानको उम्मेदवारी परेको थियो । कामपाका ३२ वडा र प्रमुख–उपप्रमुखसहित १६२ जनप्रतिनिधि रहनुपर्ने भए पनि वडा नं २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हुनाले १६० प्रतिनिधि रहनेछन् ।
कामपाका ३२ वडामध्ये १९ मा कांग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित भएका छन् भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्षमा विजयी भएका छन् । वडा नं १५ मा एकीकृत समाजवादी विजयी भएको छ ।
३२ वडामध्ये वडा १ मा एमालेका भरतलाल श्रेष्ठ, २ मा एमालेका राजेन्द्रकुमार श्रेष्ठ, ३ मा एमालेका प्रेम थापा, ४ मा एमालेका दिनेश महर्जन, ५ मा एमालेका वीरेन्द्र प्रजापती, ६ मा कांग्रेसका भुवन लामा, ७ मा कांग्रेसका विमालकुमार होडा, ८ मा कांग्रेसका आसमान संगत, ९ मा कांग्रेसका रामजी भण्डारी, १० मा कांग्रेसका रामकुमार केसी, ११ मा कांग्रेसका हिरालाल तन्डुकार र १२ मा कांग्रेसका बालकृष्ण महर्जन विजयी भएका छन् ।
वडा १३ मा एमालेका ध्रुवनारायण मानन्धर, १४ मा कांग्रेसका सुमन श्रेष्ठ, १५ मा एकीकृत समाजवादीका ईश्वरमान डंगोल, १६ मा कांग्रेसका मुकुन्द रिजाल, १७ मा कांग्रेसका नविन मानन्धर, १८ मा एमालेका न्हुछेकाजी महर्जन, १९ मा कांग्रेसका राजेशकुमार श्रेष्ठ, २० मा कांग्रेसका राजेश मानन्धर, २१ मा एमालेका उदयचुडामणि बज्राचार्य, २२ मा एमालेका चिनकाजी श्रेष्ठ र २३ मा एमालेका मचराजा महर्जन विजयी भएका छन् ।
त्यस्तै वडा २४ मा कांग्रेसका विनोदकुमार राजभण्डारी, २५ मा कांग्रेसका राजेश डंगोल, २६ मा कांग्रेसका ख्यामराज तिवारी, २७ मा कांग्रेसका योगेशकुमार खड्गी, २८ मा कांग्रेसका भाइराम खड्गी ‘प्रकाश’, २९ मा कांग्रेसका कुश ढकाल, ३० मा कांग्रेसका दलबहादुर कार्की, ३१ मा एमालेका सरोज ढकाल र ३२ मा एमालेका नवराज पराजुली विजयी भएका छन् ।