arrow

सेञ्चुरी बैङ्कको पथरी र इनरुवामा दुई नयाँ शाखा सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
century-bank-pathri--branch-opening.jpg

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा जेठ १७  गतेदेखि थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी शाखा र सुनसरी जिल्लाको इनरुवा नगरपालिका–१, भगवतीरोड मा इनरुवा शाखा बाट सेवा प्रारम्भ गरेको बैंकले जनाएको छ।

पथरी शाखा बैङ्कका संचालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापोले पथरी शाखाको संयुक्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए। उक्त कार्यक्रममा बैङ्कका संचालक समिति सदस्य अभिषेक बर्जचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, पथरी शनिश्चरे उद्योग वाणिज्य सङ्घकी उपाध्यक्ष आशा राई, पथरी शनिश्चरे वडा नं १ को वडा अध्यक्ष भीम कुमार राई, इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेको राजेन्द्र कुमार पौडेल लगायत बैङ्कका कर्मचारीहरू तथा स्थानीय बासी हरूको उपस्थिति रहेको थियो।

साथै इनरुवा शाखा बैङ्कका संचालक समिति सदस्य अभिषेक बर्जचार्य र इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीले संयुत समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन्। उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, इनरुवा नगरपालिकाको उपमेयर विनीता मेहता, इनरुवा नगरपालिकाको पूर्व मेयर गोपाल कोइराला, इनरुवा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गिरीराज अटल, बैङ्कका कर्मचारीहरू तथा स्थानीय बासी हरूको उपस्थिति रहेको बैंकको विज्ञप्तिमा उल्लेख गरिएको छ।

२०७८ चैत्र मसान्तसम्ममा बैंकले रु.९२ अर्ब ९६ करोड निक्षेप सङ्कलन र कर्जा रु.८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ। उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकलासाथ  बैंकले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैङ्किङ तथा एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याई बैङ्किङ सेवा प्रदान गर्दै आएको छ। थप दुई शाखा सञ्चालनमा आएपछि बैंकको कुल शाखा सङ्ख्या १४६ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैङ्किङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ