arrow

फ्रान्क लाम्पार्डलाई जरिवाना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
frank-lampard-2022.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग क्लब एभर्टनका प्रशिक्षक फ्रान्क लाम्पार्डलाई जरिवाना भएको छ । इङल्याण्ड फुटबल एसोसिएसन एफएले उनलाई जरिवाना गरेको हो । एफएले उनलाई ३० हजार पाउण्ड जरिवाना गरेको हो ।

प्रिमियर लिग अन्तर्गत गत अप्रिलमा लिभरपुलसँग २–० ले पराजित भएपछि गरेको टिप्पणीका कारण उनलाई दुई महिनापछि जरिवाना गरिएको हो ।

लिभरपुलका जोएल माटिपले एभर्टनका एन्थोनी गोर्डोनलाई फाउल गरे पनि पेनाल्टी नदिएको भन्दै लाम्पार्ड रिसाएका थिए।

पोस्ट म्याच कन्फरेन्समा उनले उक्त फाउल लिभरपुलको पक्षमा भए पेनाल्टी दिइने भनी टिप्पणी गरेपछि एफएले उनका बारेमा सोच्न वाध्य भएको बताइएको छ । 

यसपालि निकै कमजोर खेलेको एभर्टन अन्तिम खेलको नतिजापछिमात्र रेलिगेशनबाट बचेको थियो । 

लाम्पार्ड यसअघि चेल्सीको प्रशिक्षकबाट निकालिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ