arrow

सेञ्चुरी र सिद्धार्थबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
Siddhartha Hospitality_CCBL_Signing Ceremony (1).jpg

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालि बीच विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैंकका कर्मचारीहरुलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको देशभरि संचालनमा रहेका होटेल तथा रेष्टुरेन्टहरुमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका तर्फबाट बजार प्रबन्धक र्निपेश श्रेष्ठले हस्ताक्षर गरे । 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४३ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ