arrow

सेञ्चुरी बैङ्कको डबल धमाका मुद्दती खाता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
century-double-dhamama-fixed-deposit.jpg

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडले ग्राहकहरूको हितलाई ध्यानमा राखेर सेञ्चुरी डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ। यस खातामा ग्राहकहरूले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन्।

सेञ्चुरी डबल धमाका मुद्दती खाता न्यूनतम रु. १०,००० मा नै खोल्न सकिनेछ। यस खातामा बैङ्कले ग्राहकहरूलाई मोबाइल बैङ्किङ, भिसा डेबिट कार्ड र एसएमएस अलर्ट निःशुल्क उपलब्ध गराएको छ। साथै यस खातामा साँवा रकमको ८० प्रतिशतसम्म ऋण पनि लिन सकिनेछ। यो खाता बैङ्कका सम्पूर्ण शाखाहरूबाट खोल्न सकिने बैङ्कले जनाएको छ।

आधुनिक बैङ्किङ प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैङ्किङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैङ्कले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैङ्किङ र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ