arrow

सेञ्चुरी बैङ्क र अलफुटबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
century-bank.gif

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेड र अलफुट काठमाडौँ, ठमेल बीच विभिन्न सेवा सुविधाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ।

बैङ्कको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरू, मोबाइल बैङ्किङ प्रयोगकर्ताहरू, सम्पूर्ण ग्राहकहरू तथा बैङ्कका कर्मचारीहरूलाई अलफुट काठमाडौँ, ठमेलको नुक, डब्ल्यूएक्सवाईजेड र रिफ्यूल रेस्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा बैङ्कको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र अलफुट होटेल काठमाडौँका तर्फबाट बजार प्रमुख पवन राज भण्डारीले हस्ताक्षर गरे।

सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडका १४४ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैङ्किङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ