arrow

प्रधानमन्त्री देउवा संसदमा गएनन्, आफ्नो पार्टीकै आग्रहसमेत लत्याए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
sher-bahadur-deuba-parliament-2079.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबारको प्रतिनिधि सभाको बैठकमा सहभागी हुन गएनन् । उनी बिहीबारको बैठकमा सहभागी हुने धेरैको अपेक्षा थियो । 

अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीमा नेपालले सम्झौता गरेको भन्ने चर्चा चलेसँगै यसबारे स्पष्ट जवाफ दिन प्रधानमन्त्री देउवालाई दबाब दिइएको थियो । 

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापालेसमेत आफ्नो सभापति एवं प्रधानमन्त्री देउवालाई संसदमै आएर यसको जवाफ दिन बुधबार आग्रह गरेका थिए । 

तर त्यो आग्रहकोसमेत बेवास्ता गर्दै रक्षा मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका देउवाले आफ्नो मन्त्रालयको बारेमा उठेका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाँडलाई भनेका थिए । सोही अनुसार खाँडले संसदमा जवाफ दिएका हुन् । 

एसपीपीबारे अमेरिकी दूतावासको विज्ञप्ति बारेमा समेत जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रश्न गर्दै जवाफ मागेकी थिइन् । 

नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री यत्रो गम्भीर विषयमा छलफल हुँदा पनि जवाफ दिन प्रधानमन्त्री नआएकामा दुःख व्यक्त गर्दै जसरी पनि संसदमा आउन माग गरे । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने संसद बैठक बहिस्कार गरेको छ ।  प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मालाई गद्दारी र राष्ट्रघात गरेको भन्दै आरोप लगाउँदै संसद बैठक बहिस्कार गरेको बताएका हुन् ।

त्यससँगै एमालेका सांसदहरु संसद बैठक छाडेर बाहिरिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ