तर त्यो आग्रहकोसमेत बेवास्ता गर्दै रक्षा मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका देउवाले आफ्नो मन्त्रालयको बारेमा उठेका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाँडलाई भनेका थिए । सोही अनुसार खाँडले संसदमा जवाफ दिएका हुन् ।
एसपीपीबारे अमेरिकी दूतावासको विज्ञप्ति बारेमा समेत जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रश्न गर्दै जवाफ मागेकी थिइन् ।
नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री यत्रो गम्भीर विषयमा छलफल हुँदा पनि जवाफ दिन प्रधानमन्त्री नआएकामा दुःख व्यक्त गर्दै जसरी पनि संसदमा आउन माग गरे ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने संसद बैठक बहिस्कार गरेको छ । प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मालाई गद्दारी र राष्ट्रघात गरेको भन्दै आरोप लगाउँदै संसद बैठक बहिस्कार गरेको बताएका हुन् ।
त्यससँगै एमालेका सांसदहरु संसद बैठक छाडेर बाहिरिएका छन् ।