arrow

सेञ्चुरी बैंक र स्मार्टच्वाइसबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
century-bank-smart-choice-agreement.jpg

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा स्मार्टच्वाइसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुू र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन् । 

यो सम्झौतापछि सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप ‘सेञ्चुरी पे’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्ने छन् ।

अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न पनि बैंकले अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ