arrow

सेञ्चुरी बैङ्कको सेञ्चुरी हाइब्रिड बचत खाता सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
century-ccbl-hybrid-saving-account.jpg

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडले ग्राहकहरूको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैङ्कको सेञ्चुरी हाइब्रिड बचत खाता सञ्चालनमा ल्याएको छ। यस खातामा ग्राहकहरूले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन्।

सेञ्चुरी बैङ्कको सेञ्चुरी हाइब्रिड बचत खाता न्यूनतम  एक लाख रुपैयाँमा नै खोल्न सकिने जनाएको छ। यस खातामा बैङ्कले ग्राहकहरूलाई भिसा डेबिट कार्ड, इन्टरनेट बैङ्किङ सेवा, मोबाइल बैङ्किङ, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ। यस खातामा विभिन्न सेवाहरू विना कुनै सर्त खाता सञ्चालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ। यो खाता बैङ्कका सम्पूर्ण शाखाहरूबाट खोल्न सकिने छ।

आधुनिक बैङ्किङ प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैङ्किङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैङ्कले आफ्ना १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैङ्किङ र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ