- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ ।
बैंकले गत २१ वैशाखदेखि ४ जेठसम्म दुई अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो । बैंकले ‘१०.५० प्रतिशत सेन्चुरी डिबेन्चर २०८८’ को नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ ।