arrow

सलाह लिभरपुलमै, तीन वर्षको सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १८ शनिबार
salaha3.jpg

काठमाडौं । इजिप्सियन फरवार्ड मोहम्मद सलाहले इङ्गलिश प्रिमियर लिग क्लब लिभरपुलसँगको सम्झौता नवीकरण गरेका छन् । क्लबले शुक्रबार सलाहले सम्झौता नवीकरण गरेको जनाएको छ ।

सलाहले थप तीन वर्ष एनफिल्डमै रहने गरी सम्झौता नवीकरण गरेका हुन् । ३० वर्षीय सलाह २०१७ मा इटालियन क्लब रोमाबाट लिभरपुल आएका थिए ।

लिभरपुलका लागि २ सय ५४ खेल १ सय ५६ गोल गरेका सलाहले क्लबलाई च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप, फिफा क्लब विश्वकप र यूईएफए सुपर कप दिलाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ