arrow

सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेड र सिद्धार्थनगर सिटी अस्पताल भैरहवामा बीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
centuary-siddharthanagar-city-hospital.jpg

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पताल बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ। सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेड र सिद्धार्थनगर सिटी अस्पताल बीच विभिन्न सेवा सुविधाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ।

बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैङ्किङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहकहरू तथा बैकका कर्मचारीहरूलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो। ओपिडी टिकट, ल्याब शुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड-क्याबिन चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा सिद्धार्थनगर सिटी अस्पताल का तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैङ्कको तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमले हस्ताक्षर गरे।

सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडका १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैङ्किङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ