arrow

कोरोना संक्रमण बढ्दा हजारौं बालबालिकाले पाएनन् खोप, के भन्छ स्वास्थ्य मन्त्रालय ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
Israel-child-vaccine.jpg

काठमाडौं । सरकारले पाँच वर्षमुनिका बालबालिकाहरुलाई खोप लगाउने निर्णय गरे पनि सबै बालबालिकाहरुले खोप भने पाएका छैनन् ।

सरकारको नाबालकमाथि खेलबाड, पाँच देखि १२ वर्षका बालबालिका उपत्यकामै कोरोनाको खोप लगाउन बञ्चित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ५ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा २७ जिल्लाका विद्यालयहरुमा बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने निर्णय गरेको थियो ।

सोही अनुसार खोप अभियान शुरु हुँदा बीचमै खोप अभाव भएपछि कयौं बालबालिहरु खोप पाउनबाट बञ्चित भएका थिए ।

५ वर्ष पूरा भई १२ वर्षमुनिका बालबालिकाहरुका लागि फाइजर खोप लगाउने पहिलो चरणको अभियान खोप अभावकै बीचमा सकिएको थियो ।

उपत्यकामै बालबालिकाले कोरोनाको खोप लगाउन पाएनन्, मन्त्रालय भन्छ हामीसँग खाेप पर्याप्त छ

जुलाई ३ मा थप खोप आए पनि मन्त्रालयले पहिलो डोज लगाएका बालबालिकाहरुलाई दोस्रो डोज लगाउनका लागि सो खोप राखेको थियो ।

अहिले मन्त्रालयले स्थानीय तह अन्तर्गत स्वास्थ्य कार्यालयहरुलाई खोप उपलब्ध गराइसकेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले बताएका छन् ।

पहिलो डोज खोप नलगाएका बालबालिहरुलाई प्राथमिकतामा राख्दै खोप लगाउन भनेर मन्त्रालयले खोप पठाइसकेको र अब, स्थानीय पालिकाले स्वास्थ्य कार्यालयसँग मिलेर खोप नपुगेको ठाउँमा उपलब्ध गराउने खोपशाखा प्रमुख दाहालले बताए ।

कहाँ कहाँ खोप पुगेको छैन, 'भन्ने सबै जानकारी मन्त्रालयसँग नआएको भन्दै उनले स्थानीय तहलाई खोप लगाउन भनेको बताएका हुन् । हामीले भ्याक्सिन पठाएर स्थानीय तहलाई भनेका छौं, भ्याक्सिन पठायौं पहिलो डोज नलगाएकालाई प्राथमिकता दिएर भ्याक्सिन लगाउनु र सेकेण्ड डोज पनि लगाउनु, फस्ट डोज पनि लगाउनु भनेका छौं,' हाम्राकुरासँग बोल्दै दाहालले भने ।

पहिलो चरणमा २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो डोज खोप लगाइएको थियो । यी २७ जिल्लाका बालबालिकालाई पहिलो खोप लगाइसकेपछि साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप लगाउने निर्णय मन्त्रालयले गरेको थियो ।

सबै स्थानीय तहमा खोप अभियान एकै दिन सञ्चालन नभए पनि एकदुई दिन तलमाथि हुनसक्ने मन्त्रालयको भनाइ छ । दोस्रो चरणमा बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा खोप लगाइने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ ।

५० जिल्लाका बालबालिकाहरुलाई पहिलो मात्रा लगाइसकेपछि भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप लगाइने छ ।

तर पहिलो चरणकै खोप अभियान उथलपुथलपूर्ण बनेको छ । सबै ठाउँमा सबै बालबालिकाहरुले भनेकै मितिमा खोप लगाउन पाएका छैनन् ।खोप अभाव हुँदा मन्त्रालयले तोकेको मितिमा समानान्तर तरिकाले खोप अभियान अघि बढ्न नसकेको अधिकारीहरुको भनाइ छ ।

मन्त्रालयका अधिकारीहरुले भने खोप भण्डारण गर्ने क्षमता पनि धेरै नभएकाले र चरणबद्ध तरिकाले खोप आएको हुँदा र कुनै ठाउँमा बढी खोप गएर र कुनै ठाउँमा कम खोप गएर अभाव भन्दा पनि उपलब्धतामा केही दिन तलमाथि भएको भन्दै आफ्नो बचाउ गरेका छन् ।

तर, कोभिड १९ जस्तो महामारीका बेला यस संक्रमणविरुद्धकै खोप अभियान र त्यो पनि बालबालिकाको हकमासमेत यस्तो लापरबाही हुनुले मन्त्रालयको नेतृत्वदायी भूमिकामाथि नै प्रश्न उब्जाएको छ ।

पछिल्ला दिनहरुमा संक्रमण फेरि बढ्दै गइरहेको अवस्था छ । यस्तोमा अहिले खोप नलगाएको बढी जसो संख्यासमेत बालबालिकाकै रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ