arrow

म्यानयुसँग लिभरपुल पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
man-united-2022-07-12.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग क्लब लिभरपुल अर्को प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडसँग पराजित भएको छ । प्रि–सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा म्यानयुले शानदार जित निकालेको हो । 

थाइल्याण्डमा मंगलबार राति भएको खेलमा म्यानयुले लिभरपुललाई ४–० गोल अन्तरले हराएको हो । खेलको १२ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए ।

३० औं मिनेटमा फ्रेडले गोल गरे । ३३ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै मध्यान्तरअघिसम्म ३–० को अग्रता दिलाए । 

७६ औं मिनेटमा फाकुन्डो पेलिस्ट्रीले गोल गर्दै ४–० को जित दिलाए ।

प्रि–सिजन तयारीका लागि म्यानयु र लिभरपुल थाइल्याण्डमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ