arrow

एनआरटीको थाइल्यान्ड र मलेसियाको प्रिसिजन भ्रमण सकियो, पाँचमध्ये अन्तिम खेलमा मात्र जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
nrt-dipesh-ghale.-mesouke..jpg

काठमाडौैं । प्रि–सिजनका लागि थाइल्यान्ड र मलेसिया भ्रमणमा पुगेको नेपालको ए डिभिजन क्लब न्यूरोड टिम एनआरटीले अन्तिम खेलमा जित निकालेको छ । 

बुधबार भएको अन्तिम खेलमा एनआरटीले थाइल्यान्डको थोनबुरी युनाइटेडलाई २–१ अन्तरले पराजित गरेको हो । एनआरटीको जितमा विदेशी खेलाडी मेसौउके र दीपेश घलेले एक–एक गोल गरे । 

खेलमा अग्रता भने थोनबुरीले लिएको थियो ।  उसका किटिपोङ सइङपोङले ३२औं मिनेटमा अग्रता दिलाए । तर, मेसौउकेले ५३औं मिनेटमा बराबरी गोल फर्काए । पाएको पेनाल्टी सदुपयोग गर्दै दीपेशले ७६औं मिनेटमा विजयी गोल गरे । 

यो खेलसँगै मलेसिया र थाइल्यान्डमा रहेको एनआरटीको प्रिसिजन सकिएको छ । उसले यस क्रममा पाँच खेल खेल्यो । अघिल्ला चारै खेलमा एनआरटी पराजित भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ