एनआरटीको थाइल्यान्ड र मलेसियाको प्रिसिजन भ्रमण सकियो, पाँचमध्ये अन्तिम खेलमा मात्र जित
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
1.2k
Shares
काठमाडौैं । प्रि–सिजनका लागि थाइल्यान्ड र मलेसिया भ्रमणमा पुगेको नेपालको ए डिभिजन क्लब न्यूरोड टिम एनआरटीले अन्तिम खेलमा जित निकालेको छ ।
बुधबार भएको अन्तिम खेलमा एनआरटीले थाइल्यान्डको थोनबुरी युनाइटेडलाई २–१ अन्तरले पराजित गरेको हो । एनआरटीको जितमा विदेशी खेलाडी मेसौउके र दीपेश घलेले एक–एक गोल गरे ।
खेलमा अग्रता भने थोनबुरीले लिएको थियो । उसका किटिपोङ सइङपोङले ३२औं मिनेटमा अग्रता दिलाए । तर, मेसौउकेले ५३औं मिनेटमा बराबरी गोल फर्काए । पाएको पेनाल्टी सदुपयोग गर्दै दीपेशले ७६औं मिनेटमा विजयी गोल गरे ।
यो खेलसँगै मलेसिया र थाइल्यान्डमा रहेको एनआरटीको प्रिसिजन सकिएको छ । उसले यस क्रममा पाँच खेल खेल्यो । अघिल्ला चारै खेलमा एनआरटी पराजित भएको थियो ।