arrow

सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
century-bank-moko-agreement.jpg

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेट बीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेट सम्बन्धी सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्यूआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको हो । 

यस सम्झौता पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका डेबिट कार्डलगायत क्रेडिट कार्डबाहकहरुले सम्बन्धित कार्डको शर्त बन्देज तथा सुविधाको अधिनमा रही क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने भएकाले ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकले जनाएको छ । 

मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता नपर्ने जनाइएको छ । 

उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरे । 

क्रेडिट कार्डवाहकहरुलेसमेत क्यूआर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ शुरुआत हुने भएको छ ।  


सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ