arrow

सर्तसहित रोनाल्डोलाई छाड्न म्यानयू तयार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
ronaldo-manchester-united.jpg

काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई छाड्न इङ्गलिश प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड तयार भएको छ । बेलायती मिडियाहरुका अनुसार म्यानयूले सर्तसहित रोनाल्डोलाई छाड्न तयार भएको हो । 

रोनाल्डोले ऋणमा मात्र क्लब छाड्न पाउने सर्त म्यानयूले राखेको हो । त्यसका लागि पनि उनले क्लबसँगको अनुबन्ध थप्नु पर्नेछ । रोनाल्डोले म्यानयूसँग सन् २०२४ सम्मका लागि अनुबन्ध गरेका छन् । 

१२ वर्षपछि म्यानयूमा फर्के पनि उनी क्लबमा सन्तुष्ट हुन सकेका छैनन् । उनी नयाँ सिजन अगाडि नै अन्य क्लबमा जान चाहेका छन् । उनी च्याम्पियन्स लिग खेल्न चाहेकाले छनोट भएका क्लबका आवद्ध हुन चाहन्छन् । तर एक सिजन बिताएका रोनाल्डोले त्यो स्थितिमा म्यानयूलाई पुर्याउन सकेनन्् । 

म्यानयूले भने अबको सिजनमा आफ्नै क्लबलाई लिगको शीर्ष चारमा राखेर रोनाल्डोले नै अर्को सिजन च्याम्पियन्स लिग म्यानयूबाटै खेल्ने विश्वास गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ