arrow

शहीद स्मारक ए डिभिजन लिग पुस दोस्रो साताबाट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
a-division-league-friends-s.jpg
तस्बिर– फाइल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठकले शहीद स्मारक ए डिभिजन लिग ८ पुसदेखि ४ चैतसम्म गर्ने निर्णय गरेको छ ।  सातदोबाटोस्थित एन्फा मुख्यालमा बसेको कार्यसमिति बैठकले एनएसएल सकिएपछि शीर्ष डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको हो । 

६ असारसम्म चुनावी साधारण सभाबाट चुनिएको एन्फाको नयाँ कार्यसमितिको दोस्रो र विधिगत रुपमा बसेको पहिलो बैठकले नेपाली फुटबलको सबैभन्दा ठूलो लिग पुसमा शुरु गर्ने निर्णय गरेको हो ।

यस्तै, नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण असोज चौथो साताबाट शुरु गर्ने निर्णय गरेको छ । यसअघि दुई पटक मिति सार्वजनिक भएर स्थगित भएको एनएसएल २३ असोजदेखि मंसिर २ मंसिरसम्म गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

गत वैशाखमा भएको एनएसएलको दोस्रो संस्करण शहीद स्मारक ए डिभिजन लिगका क्लबहरुको चर्को विरोधका कारण अन्तिम समयमा पुगेर स्थगित भएको थियो ।

१० टोली सहभागी हुने एनएसएलको खेलाडी अक्सन भए भइसकेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ