- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले एएफसी बर्नमाउथविरुद्ध ९–० को जित निकालेको छ । लिभरपुलको जितमा रोबर्टो फिर्मिनो र लुइस डियाजले समान दुई गोल गरे । यस्तै, हार्भे इलियोट, ट्रेन्ट एलेक्सजाण्डर अर्नोल्ड , भर्गिल भान डाइक र फाबियो कार्भाल्होले समान एक एक गोल गरे ।
बर्नमाउथका क्रिस मेपहमले आत्मघाती गोल गरे । पहिलो हाफमा पाँच गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप चार गोल गरेको थियो । जितसँगै लिभरपुल चार खेलबाट ५ अंक जोड्दै आठौं स्थानमा छ । बर्नमाउथ ४ खेलबाट तीन अंक सहित १६औं स्थानमा छ ।
लिभरपुलले यो जितपछि म्यानचेस्टर युनाइटेडको बराबरी गरेको छ । युनाइटेडले सन् १९९५ को कीर्तिमान बराबरी गरेको हो ।
त्यतिबेला म्यानयुले इप्सविचलाई ९–० ले हराएको थियो । म्यानयुले गत वर्ष उही अन्तरमा साउथह्याम्पटनलाई पनि हराएको थियो । साउथह्याम्पटनमाथि नै लेस्टर सिटीले सन् २०१९ मा ९–० को जित निकालेको थियो ।
यस्तै अन्य खेलमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले संघर्षपूर्ण जित निकाले ।
ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेका निर्णायक गोलमा म्यानचेष्टर युनाइटेडले शनिबार चाडो गरि भएको खेलमा भ्रमणकारी टोली साउथह्याम्पटनलाई १–० ले पराजित गर्यो ।
अर्को रोमाञ्चक खेलमा एर्लिङ हाल्यान्डको ह्याट्रिक मद्दतमा म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन ४–२ को जित निकाल्यो ।
यता, चेल्सीले लेस्टर सिटीलाई २–१ ले हरायो । १० खेलाडीमा सिमित चेल्सीको जितमा रहिम स्टर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए ।
यस्तै, अन्य खेलमा बेन्टफोर्ड र एभर्टनले १–१ गोलको बराबरी खेले भने ब्राइटनले भने लिड्स युनाइटेडलाई १–० ले पराजित गर्यो ।
अंक तालिका–
आर्सनल ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । म्यानचेस्टर सिटी समान खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । समान अंकबाटै ब्राइटन एन्ड हभ आल्बियन तेस्रो स्थानमा छ ।
३ खेलबाट ७ अंकसहित टोटनह्याम हट्सपर चौथो तथा एक खेल बढी खेलेका लिड्स युनाइटेड र चेल्सीको समान ७ अंक छ ।
४ खेलबाट ६ अंकसहित म्यानचेस्टर युनाइटेड सातौं तथा ४ खेलबाट ५ अंकसहित लिभरपुल आठौं स्थानमा छ ।
वेष्टह्याम युनाइटेड अंकविहीन छ ।