मिशनमा बालेनः भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काउन शुरु [फोटोफिचरसहित]
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
1.5k
Shares
काठमाडौं । काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन शुरु गरेको छ । आइतबार भोटाहिटी क्षेत्रमा बनेको सबवेसहितमा अवैध संरचना भत्काउन शुरु गरेको हो ।
महानगर प्रमुख वालेन्द्र साह (बालेन) कै अग्रसरता र नेतृत्वमा काठमाडौं महानगर क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालिएको छ । अनुमति नलिइ, नक्सा पास विपरीतलगायत अवैध संरचना भत्काउन महानगरको टोलीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ ।