arrow
ADVERTISEMENT

चीनले टेर्दैन नेपालको अनुरोध, नाका खोल्ने विषयमा अझै मौन

logo
एजेन्सी,
प्रकाशित २०७९ भदौ १४ मंगलबार
rasuwagadinaka.jpeg

काठमाडौँ। चीनले विगत साढे दुई वर्षदेखि नेपालको उत्तरी सीमा नाकामा लगाएको प्रतिबन्धका विषयमा मौनता कायम राखेको छ। परराष्ट्र मन्त्री डा.नारायण खड्काको चीन भ्रमणअघि पूर्ण रूपमा ठप्प पारेको चिनियाँ नाका खोल्ने विषयमा कुनै सहमति भएको बताइए पनि बेवास्ता गरिएको छ।

नेपालले काठमाडौंस्थिति चिनियाँ दूतावासलाई दसैँ नजिकिएसँगै नेपालको आयातमा ठूलो नकारात्मक असर पर्ने भएकोले नाका खुला गर्न पहल गरिदिन आग्रह गरेको छ। तर, काठमाडौँस्थित चिनियाँ दूतावासले भने नेपालको उक्त आग्रहलाई बेवास्ता गरिरहेको छ।

यस विषयमा बेइजिङस्थित नेपाल राजदूतावासले पनि कुनै पहल चाल्न सकेको छैन। बेइजिङस्थित राजदूत केवल जागिर खान गएकोजस्तो मात्रै देखिएको एक नेताले बताएका छन्।

तातोपानी नाका सुचारु गर्ने विषयमा आफूले व्यवसायीको साथमा गएर प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पटक-पटक भेटेको नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले बताए। उनले भने, 'अहिले मुलुकमा डलरको सञ्चिती घटेको छ। अत्यावश्यक लत्ता कपडा आयात गर्न नेपाली व्यवसायीले करोडौँ डलरको एलसी खोलेर सामान मगाएका छन्। तर, सामान आउन महिनौँ लाग्छ। 

यसले मुलुकको अर्थतन्त्रमानसमेत नराम्रो असर परिरहेको छ। अहिले तातोपानी भन्सार क्षेत्रमा रासायनिक मलसम्म रोकिएका छन्, यता नेपालमा किसानले मल नपाएर बिजोग छ।'

व्यवसायीका अनुसार, रसुवाको केरुङ नाकामा पनि उस्तै समस्या छ। पहिले दैनिक सात वटा कन्टेनरमा (सामान) भित्रन्थ्यो। केही समय मुस्किलले १४ वटा कन्टेनरसम्म आएको रेकर्ड छ। तर अहिले पूर्ण रूपमा नाका ठप्प पार्दा नेपाली व्यवसायीहरू ऋणमै डुबेर मर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै व्यवसायीहरू आक्रोशित बनेका छन्।

यसको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्रमा परेको छ। दुवै परराष्ट्र मन्त्रीले आपसी हितका विषयमा विभिन्न क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा निरन्तर सहयोग गर्ने विषयमा पनि विचार आदानप्रदान गरे बताइए पनि नाका खोल्ने विषयमा भने चीनले मौनतालाई कायमै राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ