तीजको नाच भइरहेको ठाउँमा चट्याङ लागेर दुई महिलाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
3k
Shares
दाङ । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गएराति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका-१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् ।
उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताए ।