- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले नटिङघम फरेस्टलाई ६–० ले हरायो ।
म्यानसिटीलाई जित दिलाउन एर्लिङ हालाण्डले ह्याट्रिक गरे । जुलियन अल्भारेजले दुई तथा जोआ कान्सेलोले एक गोल गरे ।
हालाण्डको यो दोस्रो ह्याट्रिक हो ।
आर्सनल शीर्ष स्थानमा
लिगमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ । बुधबार राति भएको खेलमा एस्टन भिल्लालाई २–१ गोल अन्तरले हराएर आर्सनलले पाँचौं जित निकालेको हो । योसँगै आर्सनल अहिलेसम्म शीर्ष स्थानमा छ । आर्सनल सतप्रतिशत नतिजा निकाल्ने एकमात्र टिम हो ।
अहिलेसम्म आर्सनलसँगै म्यानसिटी र टोटनह्याम हट्सपरमात्र अपराजित छन् । आर्सनललाई जित दिलाउन ग्राबियल जिसस र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे ।
एस्टनका डुग्लास लुइजले एक गोल फर्काए ।
लिभरपुलको संघर्षपूर्ण जित
लिभरपुलले पुनरागमन जित निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो । खेलको ३८ औं मिनेटमा डेब्यु खेलाडी एलेक्सान्डर इसाकले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।
६१ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए । इन्जुरी समयमा फाबियो कार्भाल्होले गोल गर्दै लिभरपुललाई २–१ ले जिताए ।
टोटनह्यामको बराबरी
टोटनह्याम हट्सपरले बराबरी खेलेको छ । बुधबार रातिको खेलमा टोटनह्यामले वेष्टह्याम युनाइटेडसँग बराबरी खेलेको हो । घरेलु मैदानमा वेष्टह्यामका थिलो केररले ३४ औं मिनेटमा आत्मघाती गोल गरेपछि टोटनह्यामले अग्रता लियो ।
तर ५५ औं मिनेटमा थोमस सौसेकले गोल गर्दै वेष्टह्यामलाई बराबरीमा ल्याए ।
अंक तालिका
५ खेलबाट १५ अंकसहित आर्सनल शीर्ष स्थानमा छ । १३ अंकबाट म्यानसिटी दोस्रो स्थानमा छ ।
११ अंकको टोटनह्याम तेस्रो तथा १० अंकको ब्राइटन एन्ड हव आल्बियन चौथो स्थानमा छ ।
पाँचौं स्थानको लिभरपुलको ८ अंक छ । नवौं स्थानको चेल्सीको ७ अंक छ ।
१२ औं स्थानको म्यानचेस्टर युनाइटेडको ६ अंक छ ।