arrow

श्रीमतीको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
hatya-murder.jpg

पोखरा । पोखरामा श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ । पोखरा महानगरपालिका वडा नं. १४ छिनेडाँडा राधाकृष्ण मार्गमा आज बिहान ११ बजे उक्त घटना भएको हो ।

घरायसी विवादका कारण ४६ वर्षीय लोकबहादुर गुरुङले आफ्नै श्रीमती ४४ वर्षीया विमला गुरुङको हत्या गरेको कास्की प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार लोकबहादुरले बिमलाको टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरेपछि आत्महत्याको प्रयाससमेत गरेका लोकबहादुरको अवस्था गम्भीर रहेको कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

उनको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ