मिशनमा बालेनः असन र इन्द्रचोकमा छिर्यो महानगर प्रहरी
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
2.3k
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ । यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो ।
तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो ।
साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ । महानगरका मेयर वालेन्द्र साह (बालेन) ले अवैध संरचना भत्काउन र सडकमा कुनै पनि सामग्री नराख्नका लागि निर्देशन दिँदै आएका छन् ।