arrow

भारतीय सेना प्रमुख मनोज पाण्डेको भेटघाट जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
deuba-manoj-pandey.jpg

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाप्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरेका छन् । सैनिक प्रवक्ता सहायक रथी नारायण सिल्वालले भारतीय सेना प्रमुख पाण्डेले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेको जानकारी दिएका हुन् ।

भारतीय सेना प्रमुख पाण्डेले मंगलबार अपरान्ह प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्। यसअघि उनलाई सोमबार हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी प्रदानगरेकी थिइन्।

राष्ट्रपति भण्डारी नेपाली सेनाकी परमाधिपति हुन् । सेनाध्यक्ष पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि आइतबार यहाँ आएका हुन् ।

भारतीय सेना प्रमुख पाण्डेलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

भारतीय सेनाध्यक्ष पाण्डेद्वारा विभिन्न सैन्य सामग्री हस्तान्तरण



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ