arrow

सर्लाही, हरिवनको नयाँ रोडमा सेञ्चुरी बैङ्कको नयाँ शाखा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
sarlahi-centuary-bank--naya-raod-branch-opening.jpg

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडले ग्राहकहरूलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा भदौ २१ गतेदेखि सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं.१० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन्। उद्घाटन कार्यक्रममा बैङ्कका मधेस प्रदेश प्रमुख सुवास शर्मा, शाखा प्रमुख आशुतोष वैध लगायत बैङ्कका कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

२०७९ असार मसान्त सम्ममा बैङ्कले रु. १ खर्ब १ अर्ब ४० करोड निक्षेप सङ्कलन र रु. ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ  बैङ्कले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैङ्किङ तथा एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याई बैङ्किङ सेवा प्रदान गर्दै आएको छ।

बैङ्कको कुल शाखा सङ्ख्या १४७ पुगेको छ भने बैङ्कले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैङ्किङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ