काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन शुरु गरेको छ । महानगरले क्षेत्रमा रहेका फुटपाथ र अवैध संरचना हटाएको हो ।
अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको हो । मेयर वालेन्द्र साह (बालेन) ले अवैध संरचना भत्काउने अभियानलाई तीव्र पारेका छन् ।