arrow

म्यानसिटी शीर्ष स्थानमा, को कहाँ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
mancity-2022-09-18.jfif

काठमाडौं ।  इङ्गलिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेष्टर सिटी शीर्ष स्थानमा पुगेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित उल्भरह्याम्पटन वान्डेरर्सलाई ३–० ले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा ज्याक ग्रिलिस, एर्लिङ हालान्ड र फिल फोडेनले एक एक गोल गरे ।

खेलको पहिलो मिनेटमै केभिन डिडी ब्रेनेको पासमा ग्रिलिसले सिटीलाई अग्रता  दिलाए । १६औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उल्भ्सका नाथन कोलिन्सले ३३औं मिनेटमा रातो कार्ड खाएपछि घरेलु टिम १० खेलाडीमा सीमित बनेको थियो ।  ६९औं मिनेटमा फिल फोडेनले सिटीका लागि तेस्रो गोल गरे । फोडेनलाई पनि ब्रुनेले नै पास दिएका थिए । 

जितसँगै सात खेलबाट १७ अंक जोडेको सिटी शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट ६ अंक जोडेको उल्भ्स १६औं स्थानमा छ । प्रिमियर लिग गएराति ने भएका खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० ले, फुल्हमले नटिङघम फरेस्टलाई ३–२ ले पराजित गर्यो ।

टोटनह्याम हट्सपरले भने लेस्टर सिटीलाई ६–२ को फराकिलो अन्तरले हरायो । सन ह्युङ मिनले ह्याट्रिक गरे । न्यूकासल र बर्नमाउथले १–१ को बराबरी खेले । 

आजको खेल
आज राति ब्रेन्डफोर्ड र आर्सनल तथा एभर्टन र वेष्टह्यामबीच भिडन्त हुँदैछ । चेल्सी र लिभरपुलको भिडन्त भने स्थगित भएको छ । त्यस्तै म्यानचेष्टर युनाइटेड र लिड्स युनाइेडबीचको खेल पनि स्थागित भएको छ । 

अंक तालिका
तालिकामा ७ खेलबाट १७ अंकसहित म्यानसिटी शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको टोटनह्यामको पनि समान १७ अंक नै छ । 

तेस्रो स्थानको एक खेल कम खेलेको आर्सनलको १५ अंक छ । १३ अंकको ब्राइटन एन्ड हभ आल्बियन चौथो स्थानमा छ । पाँचौं म्यानयुको १२ अंक छ । छैटौं फुल्हमको ११ अंक छ । 

सातौं चेल्सी र आठौं लिभरपुलको समान ६ खेलबाट क्रमश १० र ९ अंक छ । 
 



नयाँ