arrow

काठमाडौं १० मा कांग्रेस बलियो, कति छ चुनौती ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
ktm10-uml-congress-ktm-10.jpg

काठमाडौं । काठमाडौं संसदीय क्षेत्र नम्बर १० मा नेपाली कांग्रेस बलियो देखिएको छ । २०७४ को संसदीय निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका राजेन्द्र कुमार केसीले जित हात पारेका थिए ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका हितमान शाक्यले २१ हजार ९ सय ७ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका केसीले २४ हजार १ सय ९० मत प्राप्त गरेको थियो ।

यस्तै विवेकशील साझा पार्टीका प्रदीप ढकालले २ हजार ३, नेकपा मालेका कृष्णकुमार श्रेष्ठले १ हजार ७ सय ५७ र नयाँ शक्तिपार्टी नेपालका पञ्चलाल महर्जनले १ हजार १ सय ९५ मत प्राप्त गरेका थिए ।

०७४ को निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र बीचको गठबन्धनका कारण माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यले २१ हजार मत प्राप्त गरेका थिए । तर पनि कांग्रेसका उम्मेदवारले करिब २ हजार बढी मतान्तरले जित हात पारेका थिए ।

स्थानीय तहमा पनि कांग्रेस बलियो

काठमाडौं संसदीय क्षेत्र १० मा दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिकाको २, ३, ४, ५, ६, ७, ८, ९, १० र चन्द्रागिरी नगरपालिकाको ११ नम्बर वडा रहेको छ ।

०७४ को स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसले १७ हजार १ सय ६७ मत प्राप्त गरेको थियो । नेकपा एमालेले १६ हजार ८ सय ८७ मत प्राप्त गरेको थियो भने नेकपा माओवादी केन्द्रले ९ हजार ४ सय ५० र राप्रपाले २ हजार ३ सय ३३ मत प्राप्त गरेको थियो ।

०७४ को स्थानीय तह निर्वाचनमा यस क्षेत्रबाट मतका आधारमा नेपाली कांग्रेस नै बलियो रहेको देखिन्छ । अहिले गत ०७९ को स्थानीय तह निर्वाचनमा पनि काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेस नै बलियो देखिएको छ । कांग्रेसले झन् बलियो अग्रता बनाएको छ ।

यस पटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले २४ हजार ६ सय ७५ मत प्राप्त गरेको छ भने, नेकपा एमालेले १८ हजार ८ सय ३८ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ४ हजार ९ सय ४२ र राप्रपाले २ हजार ४ सय ९६ मत प्राप्त गरेको छ ।

चुनाैती कति ?

०७४ को निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको अवस्थामा समेत नेपाली कांग्रेसले जित हात पारेको काठमाडौं १० मा अहिले कांग्रेस बलियो देखिन्छ । स्थानीय तहको निर्वाचनको मत हेर्दा पनि कांग्रेस नै अघि छ ।

यसभन्दा बढी अहिले गठबन्धनतर्फबाट साझा उम्मेदवार बनाउँदा माओवादी केन्द्रको करिब ४ हजार मतसमेत एमालेको प्रतिद्धन्द्धीको पक्षमा जानेछ जुन एमालेका लागि चुनौती हुनेछ ।

त्यस्तै एमाले फुटेकाले पनि त्यसकाे असर एमालेलाई पर्ने नै छ । 

सामान्य मतको विश्लेषण गरेर हेर्दा कांग्रेस बलियो देखिए पनि प्रभावशाली उम्मेदवार, स्वतन्त्रतर्फका उम्मेदवार र अन्य प्रतिस्पर्धीहरुले चुनावी प्रतिस्पर्धा पनि उत्तिकै बलियो बनाउने देखिन्छ ।

पछिल्लाे समय स्वतन्त्रकाे पकड अप्रत्यासित भएकाले पनि त्यसलेसमेत असर पार्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ